aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

अटोमहोत्तरीको गौशालामा शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ भदौ २०७८
Citizen life
nabil bank
अटोमहोत्तरीको गौशालामा शाखा सञ्चालन
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ५, गौशाला बजारमा शाखा कार्यालय विस्तार गरी आजबाट कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि१५ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले गौशाला नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा सम्पूर्ण रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले सेवा विस्तारका क्रममा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा शाखाहरु सञ्चालन गरी कारोबारको दायरा अभिवृद्धि गर्ने योजना बनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस