aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

नेपाल टेलिकमको नाफा साढे २३ प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
Citizen life
nabil bank
नेपाल टेलिकमको नाफा साढे २३ प्रतिशत घट्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले रू. ७ अर्ब ४५ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिसम्म रू. ९ अर्ब ७४ करोड ८९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा २३ दशमलव ५४ प्रतिशत कम भएको हो । 

गत वर्ष कुल आम्दानी ३ दशमलव १४ प्रतिशत कम भएकाले पनि कम्पनीको नाफामा कमि आएको हो । अघिल्लो वर्ष रू. ४२ अर्ब ९८ करोड ७४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ४१ अर्ब ६३ करोड ८७ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६ दशमलव २० प्रतिशत बढी रू. ८१ अर्ब ६० करोड ६९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४९ दशमलव ६९ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ६४४ दशमलव शून्य ५ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४४ गुणा छ ।
 

प्रतिक्रिया दिनुहोस