aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

खर्च घट्दा युनिलिभर नेपालको नाफा १३८.५८ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
Citizen life
nabil bank
खर्च घट्दा युनिलिभर नेपालको नाफा १३८.५८ प्रतिशत बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म युनिलिभर नेपालले रू. ८५ करोड ४१ लाख खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म ३५ करोड ८० लाख थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १३८ दशमलव ५८ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीको कुल आम्दानी १ दशमलव ६० प्रतिशत बढ्दा कुल खर्च भने ७ दशमलव ३६ प्रतिशत कम भएको छ ।

यस अवधिसम्म कम्पनीले रू. ५ अर्ब ७७ करोड ८८ लाख कुल आम्दानी गरेको हो भने रू. ४ अर्ब ७३ करोड ९१ लाख कुल खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख रहेको छ ।

जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३३ दशमलव २४ प्रतिशत बढी रू. २ अर्ब ५० करोड ६२ लाख कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३०५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २ हजार ८२२ छ ।
 

प्रतिक्रिया दिनुहोस