aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
Citizen life
nabil bank
एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी
Global IME
LBEF
yamaha_MAW

काठमाडौं ।  नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समिरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।

दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले सहर्ष स्विकारिसकेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ । 

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । ‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं । आजको मितिसम्म हामीसँग एकसय १५३ भन्दा बढी बुकिङ छन् । आज चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो । 

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नुहुनेछ । 

नेपाली बजारमा कुशकको मूल्य  एक्टिभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बिसन एमटी भेरियन्टको मूल्य ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटी भेरियन्टको मूल्य ६० लाख ९० हजार  र स्टाइल एटीको ६५ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस