aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

हिमालयन उर्जा विकास कम्पनीको नाफा करिब ९२ प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
Citizen life
nabil bank
हिमालयन उर्जा विकास कम्पनीको नाफा करिब ९२ प्रतिशत घट्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन उर्जा विकास कम्पनीले रू. ३ लाख ७९ हजार खुद नाफा गरेको छ । बुधवार सार्वजनिक कम्पनीको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९१ दशमलव ७२ प्रतिशत कम भएको हो । 

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ४५ लाख ७८ हजार खुद नाफा गरेको थियो । हालसम्म विद्युत उत्पादन नभएको कम्पनीको अन्य आम्दानी अघिल्लो वर्षभन्दा साढे ८० प्रतिशत कम हुँँदा नाफामा असर परेको हो । अघिल्लो वर्ष रू. ७१ लाख ३४ हजार अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १३ लाख ८५ हजार मात्र यो आम्दानी गरेको हो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ७९ दशमलव ९७ प्रतिशत कम रू. १० लाख ८६ हजार भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ७१ लाख ७६ हजार ऋणात्मक रहेको छ । कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ४६ करोड ७१ लाख ५६ हजार रहको छ । प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. शून्य दशमलव शून्य ४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस