तारा एयरको विमान दुर्घटना, सबै सकुशल (फाेटाे फिचरसहित) - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

तारा एयरको विमान दुर्घटना, सबै सकुशल (फाेटाे फिचरसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
Sunrise bank
तारा एयरको विमान दुर्घटना, सबै सकुशल (फाेटाे फिचरसहित)
LBEF
NCH-IPS

रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

9Mkk कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।

मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य चलिरहेको कारणले गर्दा लुक्लाको लागि रामेछापको मन्थलीबाट विमानहरुले उडान भर्दै आएका छन्। 

बैशाख १ गते पनि लुक्लामा समिट एयरको जहाज दुर्घटना भएको थियो । उडान भर्नै लाग्दा ९ एन–एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा प्रहरीसहित तीन जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस