aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

सामुदायिक लघुवित्तको नाफा १६१ प्रतिशत बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
Citizen life
nabil bank
सामुदायिक लघुवित्तको नाफा १६१ प्रतिशत बढी
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ करोड ७३ लाख ३५ हजार खुद नाफा गरेको छ । मंगलवार सार्वजनिक भएको कम्पनीको उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १६० दशमलव ८७ प्रतिशतले खुद नाफा बढेको हो । 

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ६६ लाख ४५ हजार थियो । गत वर्ष कम्पनीले रू. ७२ लाख ८६ हजार खराब कर्जा संकलन गरेकाले पनि नाफामा उल्लेख्य बृद्धि भएको देखिन्छ ।

सञ्चालन नाफा पनि गत वर्ष कम्पनीको १०४ दशमलव शून्य ६ प्रतिशत बृद्धि भई रू. १ करोड ९९ लाख ५५ हजार भएको छ । सम्भावित जोखिम शिर्षकमा गत वर्ष कम्पनीले ४१ प्रतिशत बढी रू. ४ करोड २२ लाख २४ हजार छुट्याएको छ ।

चुक्तापूजी रू. १३ करोड २० लाख रहेको कम्पनीको जगेडा कोष रकम ३२ दशमलव ३२ प्रतिशत बृद्धि भई रू. ६ करोड ६६ लाख ६७ हजार कायम भएको छ । अघिल्लो वर्षभन्दा २६ दशमलव ६१ प्रतिशत बढी रू. ७१ करोड १६ लाख ७६ हजार कर्जा सापटी लिएको कम्पनीले १६ दशमलव ६८ प्रतिशत बढी रू. ५० करोड ३० लाख ९४ हजार निक्षेप संकलन गरेको छ । 

गत वर्ष अघिल्लो वर्षभन्दा कर्जा प्रवाह भने २० प्रतिशत बढी रू. १ अर्ब २७ करोड १९ लाख ४० हजार भएको छ । अघिल्लो वर्ष ३ दशमलव ९७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ८९ प्रतिशत विन्दु बढेर ६ दशमलव ८६ प्रतिशत पुगेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्ष वार्षिक रू. ५ दशमलव शून्य ३ रहेकोमा गत वर्ष रू. १३ दशमलव १३ पुगेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ५१ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस