aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

भोलिदेखि हिमाल दोलखा हाइड्रोको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
Sunrise bank
भोलिदेखि हिमाल दोलखा हाइड्रोको आईपीओ आउँदै
NIBL-Capital-inside
LBEF

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बुधबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल ७६ लाख ७२ हजार २ सय १० कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ भने २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । 

कम्पनीले स्थानियलाई जारी गर्दा वितरण हुन नसकेको शेयर पनि सर्वसाधारणका लागि जारी गरेको छ । स्थानीयका लागि १६ करोड र सर्वसाधारणको लागि ६२ करोड बराबरको शेयर छुट्याएको थियो । स्थानीयलाई जारी गर्दा १ लाख २७ हजार ७९० कित्तामात्र बिक्री भएको छ । स्थानीयमा बिक्री हुन नसकेको १४ लाख ७२ हजार २१० कित्ता समेत थप गरी कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो । 

छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म बिक्रीमा रहनेछ । आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम् १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल ८२ करोड चुक्तापुँजी रहेको कम्पनीको स्थानीय र सर्वसाधारणको आईपीओ पश्चात१ अर्ब ६० करोड पुग्नेछ । कम्पनीले जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । 
 

प्रतिक्रिया दिनुहोस