aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा साढे ४८ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
Citizen life
nabil bank
मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा साढे ४८ करोड
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सोमवार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा ११५ दशमलव ८१ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. २६ करोड ३२ लाख ४४ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म रू. ५६ करोड ८१ लाख १८ हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि ११३ दशमलव ६९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३७ करोड ८७ लाख ७६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ८० करोड ९३ लाख ९३ हजार यो नाफा गरेको हो । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ४८ करोड ५६ लाख २७ हजार रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड ९४ लाख ७५ हजार थियो । 

१८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू. ९६ करोड ५३ लाख ९५ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ५७ दशमलव ८७ प्रतिशत बढेर रू. ७६ करोड ७८ लाख २० हजार कायम भएको छ । जगेडा कोष रकममा रिटर्न अर्निङ्गको रकमलाई समेत जोडिएको छ । कम्पनीको रिटर्न अनिङ्ग रू. ४८ करोड ५६ लाख २७ हजार रहेको छ ।

गत वर्ष अघिल्लो वर्षभन्दा ५२ दशमलव ३६ प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष रू. ५ अर्ब ८४ करोड ८३ लाख ८३ हजार रहेको निक्षेप संकलन गत वर्ष रू. ८ अर्ब ९१ करोड ७ लाख ७० हजार रहेको छ । त्यस्तै अघिल्लो वर्ष रू. ५ अर्ब ८८ करोड २९ लाख १९ हजार रहेको कर्जा प्रवाह गत वर्ष रू. ६ अर्ब २० करोड ५० लाख ४३ हजार रहेको छ ।

अघिल्लो वर्ष ३ दशमलव २६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९२ प्रतिशत घटेर २ दशमलव ३४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. १८० रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ४ रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस