aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । टोखा नगरपालिका धनेश्‍वरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका ४ घर भई हाल काठमाण्डौ बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका ६ घर भई हाल काठमाण्डौ तारकेश्‍वर ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् । 

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाडौं तारकेश्‍वर ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सीसीको पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००२ प ४८०३  खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।  

उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्‍वरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए । 

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस