तारा एयरको जहाज दुर्घटना हुँदा मन्थली  विमानस्थलमा उडान प्रभावित - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

तारा एयरको जहाज दुर्घटना हुँदा मन्थली  विमानस्थलमा उडान प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
Sunrise bank
तारा एयरको जहाज दुर्घटना हुँदा मन्थली  विमानस्थलमा उडान प्रभावित
LBEF
NCH-IPS

काठमाडौं, वैशाख ९ । तारा एयरको ९ एन–एकेके कल साइन भएको विमान विहान ९ बजेर ३८ मिनेटमा रामेछापको मन्थली  विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेपछि अहिले विमानस्थलमा उडान अवतरण रोकिएको छ । विमान अवतरणका क्रममा टायर पन्चर हुँदा हाइड्रोलिक ब्रेकको पाइप फुटेको बताइएको छ । जसका कारण विमान विमानस्गलको तारबारमा ठोकिएको थियो ।
  क्याप्टेन पीजे शाहले उडाएको उक्त विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए। सबै जना सकुसल रहेको छ  ।  विमान धावनमार्गमा नै रहेका कारण अन्य उडान रोकिएको बताइएको छ ।  विमान काठमाडौंबाट ८ बजेर ४९ मा लुक्लाका लागि उडेको सो विमान लुक्ला विमानस्थल मौसम खराबीका कारण बन्द भएकाले रामेछाप डाइभर्ट गरिएको थियो । अहिले लुक्ला जान पर्खिएर बसेका डेढ सयभन्दा बढी पर्यटक रामेछापमा रोकिएका छन् भने लुक्लामा पनि यात्रुहरु रोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस