aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

इष्टर्न एजेन्सिजले पायो दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
इष्टर्न एजेन्सिजले पायो दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । इष्टर्न एजेन्सिजले दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड पाएको छ । भारतको प्रसिद्ध मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गर्दै पुरस्कृत गरेको हो ।  

आइसर मोटर्सले सन् २०२०–२१ को बेष्ट डिलर अवार्ड इष्टर्न एजेन्सिज नेपाललाई प्रदान गरेको हो । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसन अन्तर्गतको भगिनी संस्था हो । यसले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ ।   

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर मोटर्सद्वारा प्रदान गरिएको बेष्ट डिलर अवार्ड हालै आयोजित एक कार्यक्रममा ग्रहण गरेका छन् । अवार्ड ग्रहणपछि अध्यक्ष बतासले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा आइसरको बजारीकरण तथा प्रवर्द्धनमा अथक परिश्रम गरेका कारण अवार्ड पाउन सफल भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस