aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

चेम्बरले गर्यो सीएनआईको नयाँ नेतृत्वलाई सम्मान, आर्थिक समृद्धिका लागि एउटै मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
चेम्बरले गर्यो सीएनआईको नयाँ नेतृत्वलाई सम्मान, आर्थिक समृद्धिका लागि एउटै मत
Global IME
LBEF
yamaha_MAW

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित अध्यक्ष बिष्णुकुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्वर भवनमा आयोजित कार्यक्रममा स्वागत गरे । 

उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए । अध्यक्ष मल्लले निजी क्षेत्रसंग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्वोधन हुन सकेको छैन यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको आवश्यकता रहेको बताए । 

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको सन्देश दिएको बताए । बिगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु छन जुन धेरै प्रभावकारी भएको बताए । अध्यक्ष अग्रवालले बिभिन्न व्यवसायहरुबीच मतमतान्तर हुनु स्वाभाबिक भएता पनि मुलुकको आर्थिक बिकासको सवालमा एउटै मत रहेको बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजवहादुर शाह, हेमराज ढकालको उपस्थित रहेको थियो । नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरु, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर प्रचारप्रसार समितिका सभापति सन्तोषकुमार पाण्डेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस