aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

स्वाभिमान लघुवित्तको खुद नाफा ५ करोड ५९ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
स्वाभिमान लघुवित्तको खुद नाफा ५ करोड ५९ लाख
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा रू. ५ करोड ५९ लाख १ हजार रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २ करोड १८ लाख ९५ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १५५ प्रतिशत बृद्धि भएको हो । 

गत वर्ष सञ्चालन नाफा भने ८९ प्रतिशत बढी रू. ४ करोड ९० लाख २२ हजार भएको छ । अघिल्लो वर्ष रू. ८९ लाख ५७ हजार खराब कर्जा उठाएको कम्पनीले गत वर्ष रू. ३ करोड ९७ लाख ९ हजार उठाउन सफल भएको छ । सम्भावित जोखिम शिर्षकमा गत वर्ष अघिल्लो वर्षभन्दा ४८ दशमलव ७४ प्रतिशत बढी रू. ३ करोड ८ लाख ३० हजार रकम कम्पनीले छुट्याएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २० लाख ५० हजार छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ४६५ प्रतिशत बढी रू. ६ करोड ६९ लाख ४३ हजार कायम भएको छ । कम्पनीले अघिल्लो वर्षभन्दा ६७ दशमलव ६३ प्रतिशत बढी रू. १ अर्ब ४ करोड ८३ लाख ३४ हजार कर्जा सापटी लिएको छ भने ३८ दशमलव ८७ प्रतिशत बढी रू. ५१ करोड ३५ लाख ३२ हजार निक्षेप संकलन गरेको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले ४७ दशमलव १६ प्रतिशत बढी रू. १ अर्ब ४८ करोड ५९ लाख २७ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष अघिल्लो वर्षभन्दा निष्क्रिय कर्जा भने कम भएको छ । अघिल्लो वर्ष शून्य दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६८ प्रतिशतमा झरेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ६० दशमलव ७३ र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ७२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस