aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

चार अर्बभन्दा बढी खराब कर्जा उठाएको निर्धन उत्थान लघुवित्तको नाफा करिब ९२ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
Citizen life
nabil bank
चार अर्बभन्दा बढी खराब कर्जा उठाएको निर्धन उत्थान लघुवित्तको नाफा करिब ९२ करोड
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ९१ करोड ९१ लाख ७३ हजार खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा खुद नाफा २२३ दशमलव २६ प्रतिशत बृद्धि भएको हो ।

अघिल्लो वर्ष कम्पनीको यो नाफा रू. २८ करोड ४३ लाख ४५ हजार थियो । गत वर्ष रू. २ अर्ब ८० करोड ३८ लाख २६ हजार सञ्चालन नोक्सानी व्यहोरेको कम्पनीको खुद नाफा बढ्नमा खराब कर्जा संकलनले सहयोग पुगेको हो । 

अघिल्लो वर्ष रू. ४४ करोड ७१ लाख १७ हजार सञ्चालन नाफा गरेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएका कारण सञ्चालन नोक्सानी व्यहोरोको हो । अघिल्लो वर्ष  रू. ४९ करोड ९ लाख ६९ हजार सम्भावित जोखिमका लागि छुट्याएको कम्पनीले गत वर्ष रू. ४ अर्ब ५० करोड ९६ लाख १३ हजार छुट्याएको हो । 

अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा संकलन गत वर्ष रू. ४ अर्ब २६ करोड २३ लाख २३ हजार भएको छ । १३ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब ६९ करोड ५० लाख कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि ५१ दशमलव ३९ प्रतिशत बृद्धि भई रू. २ अर्ब ८० करोड १० लाख ४६ हजार पुगेको छ । 

कम्पनीले यस अवधिसम्म ८ दशमलव ८६ प्रतिशत कम रू. ६ अर्ब ३२ करोड ९५ लाख ८८ हजार कर्जा सापटी लिएको छ भने १९ दशमलव ४९ प्रतिशत बढी रू. २४ अर्ब ७ करोड ७५ लाख ६३ हजार कर्जा प्रवाह गरेको छ । 

निक्षेप संकलन भने साढे १८ प्रतिशत बढी रू. १५ अर्ब ८१ करोड ९२ लाख १ हजार भएको छ । अघिल्लो वर्ष १ दशमलव ८३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात गत वर्ष ४ दशमलव ११ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी अघिल्लो वर्षभन्दा ३५ प्रतिशत बढी रू. ५४ दशमलव २३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६५ दशमलव २५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस