aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

प्रधानमन्त्री देउवा र नाडा प्रतिनिधिबिच छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
Citizen life
nabil bank
प्रधानमन्त्री देउवा र नाडा प्रतिनिधिबिच छलफल
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री शेरवहादुर देउवासंग छलफल गरेका छन्  । उक्त प्रतिनिधि टोलीले लकडाउनका कारण  समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गरि दिन आग्रह गरेका छन् । 

उक्त भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरुलाई राहतको व्यवस्थाका लागि आग्रह गरे । 

साथै सो छलफलमा उनले बन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६रबीएस–६ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसंग माग राखेका हुन् । 

सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो                                                                   
 

प्रतिक्रिया दिनुहोस