aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

करिब ३ करोड खराब कर्जा उठाएको आरम्भ चौतारी लघुवित्तको नाफा ३९०.५७ प्रतिशत बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
Citizen life
nabil bank
करिब ३ करोड खराब कर्जा उठाएको आरम्भ चौतारी लघुवित्तको नाफा ३९०.५७ प्रतिशत बृद्धि
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ३९० दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. २ करोड ४० लाख ४० हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ११ करोड ७९ लाख ३३ हजार यो नाफा गरेको हो । 

गत वर्ष रू. २ करोड ८३ लाख १९ हजार खराब कर्जा उठाउन कम्पनी सफल भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष सम्भावित जोखिमका लागि कम्पनीले करिब ३० प्रतिशत कम रू. २ करोड ९० लाख ८० हजार रकम छुट्याएको छ । 

सम्भावित जोखिमका लागि कम रकम छुट्याउदा कम्पनीको सञ्चालन नाफा ३६० दशमलव ५२ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ३ करोड ४४ लाख ९९ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १५ करोड ८८ लाख ७६ हजार यो नाफा गरेको हो ।

८ दशमलव ८५ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. २८ करोड ६७ लाख ६३ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १३२ दशमलव ५५ प्रतिशत बढेर रू. १६ करोड ३६ लाख २८ हजार कायम भएको छ ।

कम्पनीले गत वर्ष रू. २ अर्ब ७७ करोड ८५ लाख १२ हजार कर्जा सापटी लिएर रू. ४ अर्ब ३२ करोड २० लाख ७ हजार कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीले रू. १ अर्ब २७ करोड १७ लाख ३५ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षभन्दा कम्पनीले ९५ प्रतिशत बढी कर्जा सापटी लिएको हो भने ७१ दशमलव ७८ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो ।

निक्षेप संकलन भने अघिल्लो वर्षभन्दा गत वर्ष ४३ दशमलव ५८ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष १ दशमलव ४४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ८० प्रतिशत बढेर ३ दशमलव २४ प्रतिशत पुगेको छ ।

खुद नाफामा उल्लेख्य बृद्धि भएको कम्पनीको प्रतिशेयर आम्दानी पनि ३२ प्रतिशत बढेर रू. ४१ दशमलव १३ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव १३ रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ११५ दशमलव ९८ देखि बृद्धि भई रू. १५७ दशमलव शून्य ६ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस