aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
Sunrise bank
इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प
NIBL-Capital-inside
LBEF

तेहरान ।  इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । 

इरानी भूकम्प मापन केन्द्रले ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । खुजेस्तान प्रान्तको मस्जिद सोलेमान क्षेत्रमा भूकम्प गएको हो । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण अरु २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ११.३० बजे भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

संकट व्यवस्थापन केन्द्रले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । भूकम्पले ग्रामीण क्षेत्रका धेरै घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।  

कतिपय क्षेत्रमा पानी र विजुली वितरण सेवा अवरुद्ध भएको छ । छिमेकी मुलुक कुबेतमा समेत भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पपछि दर्जनभन्दा बढी परकम्पन आएको अधिकारीहरले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस