aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

होम डेलीभरीको लागि खाद्य कम्पनीले गर्यो आइसेलेक्टसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
Citizen life
nabil bank
होम डेलीभरीको लागि खाद्य कम्पनीले गर्यो आइसेलेक्टसँग सम्झौता
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । होम डेलिभरी सेवा प्रदायक संस्था आइसेलेक्ट प्रालीसंग खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सम्झौता भएको छ । हालसम्म होम डेलीभरीमा कम्पनीसंग सहकार्य गर्ने संस्थाहरु ३ पुगेका हुन् । 

होम डेलीभरीको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसंग सहकार्य गर्ने सस्तो डिल, मुकुण्डो डटकम र आइसेलेक्ट प्राली संस्था रहेका छन् । 

जुन कोभिड १९ का कारण सृजित विषम परिस्थितिमा खाद्य लगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि कम्पनीले आफ्नो कम्पनीबाट बिक्री भइरहेका वस्तुहरुको अनलाइन अडर लिई निशुल्क होम डेलीभरी गर्दै आएको छ । 

सेवालाई क्रमिक रुपमा विस्तार गरी आपूर्ति सहज, सुलभ एवं पहुँच योग्य तुल्याउन लागि सेवा प्रदायक अन्य कम्पनीहरुसंगको सहकार्यलाई पनि विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस