aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्तले कमायो १९ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
Citizen life
nabil bank
चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्तले कमायो १९ करोडभन्दा बढी नाफा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १९ करोड ३१ लाख ९२ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म रू. ६ करोड ५२ लाख ६५ हजार थियो । 

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १९६ प्रतिशत बृद्धि भएको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा करिब ४१ प्रतिशत कम रकम छुट्याउदा कम्पनीको सञ्चालन नाफा १९८ दशमलव ७९ प्रतिशत बढेकाले खुद नाफा बढ्न सहयोग मिलेको हो ।

अघिल्लो वर्ष रू. ११ करोड १० लाख २६ हजार सम्भावित जोखिमका लागि छुट्याएको कम्पनीले यस वर्ष रू. ६ करोड ५८ लाख १८ हजार मात्र छुट्याएको छ । यो शिर्षकमा कम रकम छुट्याएकाले अघिल्लो वर्ष रू. १० करोड २१ लाख ७२ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ३० करोड ५२ लाख ७९ हजार यो नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ४५ हजार रहेको छ । चुक्तापूँजीमा कुनै परिवर्तन नदेखिएको कम्पनीको जगेडा कोष रकम भने १०७ दशमलव ८८ प्रतिशत बृद्धि भई रू. ३६ करोड ४३ लाख कायम भएको छ । अघिल्लो वर्षभन्दा ४९ दशमलव ४१ प्रतिशत बढी कर्जा सापटी गरेको कम्पनीले ४५ दशमलव २७ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । 

त्यस्तै ३६ दशमलव १० प्रतिशत बढी गत वर्ष कम्पनीले निक्षेप संकलन गरेको छ । गत वर्ष रू. ३ अर्ब ७० करोड ५६ लाख ९२ हजार कर्जा सापटी लिएको कम्पनीले रू. ६ अर्ब १६ करोड ३६ लाख ६१ हजार कर्जा प्रवाह गरेको हो भने रू. २ अर्ब ६ करोड ९२ लाख ४२ हजार निक्षेप संकलन गरेको हो । 

कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष २ दशमलव २६ प्रतिशत रहेकोमा गत वर्ष ३ दशमलव २७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६० दशमलव ३६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१३ दशमलव ८३ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस