aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

जितुमाया सुरी हाइड्रोपावरको आइपीओ आउँदै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
Citizen life
जितुमाया सुरी हाइड्रोपावरको आइपीओ आउँदै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । श्रावण १८ गते सोमबार भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ करोड अर्थात ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । 

यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस