aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

थप ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
Citizen life
थप ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३१२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२७९ जना र एन्टिजन परिक्षण गर्दा ८४६ जना गरि जम्मा ३१२५ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २३ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ रहेको छ । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ जना रहेको छ । संक्रमित मध्ये ६ लाख ५८ हजार १२२ जना निको भएर घर फर्किसकेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस