घोडीघोडा र आँधीखोला लघुवित्त कम्पनीको आईपीओ कति बिक्यो ? - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

घोडीघोडा र आँधीखोला लघुवित्त कम्पनीको आईपीओ कति बिक्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
Sunrise bank
घोडीघोडा र आँधीखोला लघुवित्त कम्पनीको आईपीओ कति बिक्यो ?
LBEF
NCH-IPS

काठमाडौं । घोडीघोडा  र आँधीखोला लघुवित्त कम्पनीले अहिले आईपीओ जारीे गरेका छन् । दुई कम्पनीमध्ये आँधीखोला लघुवित्तको आईपीओ सोमबारसम्म मागभन्दा ८ गुणाबढी आवेदन परेको छ ।

 बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार १ लाख ७४ हजार ४४१ जना आवेदनकले ३० लाख ७३ हजार ७३० कित्ताको लागि आवेदन दिएका हुन् । आँधीखोला लघुवित्तले कुल ४ लाख कित्तामध्ये ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।

त्यस्तै घोडीघोडाको आईपीओमा पनि मागभन्दा ३० गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार २ लाख १३ हजार ८३७ आवेदकबाट ३७ लाख ५१ हजार २५० कित्ताको लागि आवेदन परेको छ । घोडीघोडा लघुवित्तले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । 

आँधीखोलको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम् २ हजार कित्ताको लागि र घोडीघोडाको लागि न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस