aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

छ कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको नाफा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
Citizen life
nabil bank
छ कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको नाफा कति ?
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । विभिनन ६ कम्पनीले सोमबार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ग्लोबल आइएमई लघुवित्त, वोमी लघुवित्त, आरएसडिसी लघुवित्त, मेरा माइक्रोफाइनान्स, सिभिल लघुवित्त र अरुण काबेली पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।   

कुनको वित्तीय अवस्था कस्तो छ ? 

ग्लोबल आइएमई लघुवित्त 
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २८३ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. ५ करोड ९४ लाख २६ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २२ करोड ७६ लाख ५४ हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा संकलनको अवस्था यो वर्ष रू. ४ करोड २५ लाख ६५ हजार संकलन भएको छ । खराब कर्जा संकलन गरेको कम्पनीले अघिल्लो वर्षभन्दा ३७ दशमलव ६७ प्रतिशत कम रू. ६ करोड ८९ लाख ४८ हजार मात्र सम्भावित जोखिममा राखेको छ । प्रोभिजन कम गर्दा कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा २४१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ११ करोड ६ लाख १० हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ३१ करोड ३२ लाख ९४ हजार यो नाफा गरेको हो ।

३० दशमलव ४७ प्रतिशतले चुक्तापूँजी बढाएको कम्पनीको जगेडा कोष रकम ३९० दशमलव ४३ प्रतिशत बृद्धि भई रू. ३४ करोड ५४ लाख ५५ हजार कायम भएको छ । कम्पनीले ३३ दशमलव ६४ प्रतिशत बढी रू. ३ अर्ब ४३ करोड ६३ लाख २४ हजार कर्जा सापटी लिएर ७७ दशमलव ४८ प्रतिशत बढी रू. ६ अर्ब १६ करोड २६ लाख २ हजार कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले ६२ दशमलव ३४ प्रतिशत बढी रू. २ अर्ब १३ करोड ८६ लाख ८१ हजार निक्षेप संलकन गरेको छ । अघिल्लो वर्ष १ दशमलव ९४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष बढेर २ दशमलव ६६ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ७३ र प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव शून्य २ रहेको छ ।

वोमी लघुवित्त
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १६ करोड ५ लाख ३९ हजार खुद नाफा गरेको छ । सोमवार सार्वजनिक कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद नाफा ६६६ दशमलव ८१ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९ लाख ३६ हजार मात्र यो नाफा गरेको थियो ।

गत वर्ष कम्पनीले रू. ३ करोड ८ लाख ५८ हजार खराब संकलन र अघिल्लो वर्षभन्दा ७८ प्रतिशत कम सम्भावित जोखिम शिर्षकमा कम रकम छुट्याएकाले सञ्चालन नाफामा समेत उल्लेख्य बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ७ करोड ६७ लाख १५ हजार सम्भावित जोखिमका लागि छुट्याएको कम्पनीले गत वर्ष रू. १ करोड ६७ लाख ७३ हजार मात्र छुट्याएको छ । जसका कारण अघिल्लो वर्ष रू. ३ करोड २९ लाख ८० हजार सञ्चालन नाफा गरेको कम्पनीले ५७९ दशमलव १० प्रतिशत बढी रू. २२ करोड ३९ लाख ६६ हजार सञ्चालन नाफा गरेको हो ।

१४ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर मार्फत चुक्तपूँजी बढाएर रू. ४१ करोड १९ लाख ४४ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि २१० दशमलव ६१ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ९ करोड ४९ लाख २४ हजार रहेको जगेडा कोष रकम गत वर्ष रू. २९ करोड ४८ लाख ४३ हजार कायम भएको हो ।

यस कम्पनीले गत वर्ष ११८ दशमलव ६१ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ९३ लाख ४१ हजार कर्जा सापटी लिएको छ भने १०८ दशमलव ५४ प्रतिशत बढी रू. ४ अर्ब ५४ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा ८८ दशमलव ७३ प्रतिशत बढी रू. १ अर्ब ६३ करोड ५० लाख ६७ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष १ दशमलव ५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव शून्य ८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३८ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ५७ रहेको छ ।

आरएसडिसी लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ९ करोड १० लाख ८० हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको यो नाफा रू. ७ करोड ८८ लाख ८७ हजार थियो । 

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नाफा १५ दशमलव ४६ प्रतिशत बढेको हो । अघिल्लो वर्ष रू. १ करोड ३६ लाख ७४ हजार खराब कर्जा उठाएको कम्पनीले गत वर्ष रू. २ करोड ४२ हजार यो कर्जा उठाउन सफल भएको छ । खराब कर्जा संकलन बढेसँगै कम्पनीले १५ प्रतिशत बढी रू. १६ करोड ४० लाख ५३ हजार खुद ब्याज आम्दानी गरेको छ । 

अघिल्लो वर्षभन्दा १८ दशमलव ४७ प्रतिशत बढी रू. १२ करोड ४५ लाख ३० हजार सञ्चालन नाफा कम्पनीले गरेको छ । गत वर्षका लागि कम्पनीले अघिल्लो वर्षभन्दा ३४ दशमलव ६९ प्रतिशत बढी रू. ३ करोड ५१ लाख ८ हजार सम्भावित जोखिम शिर्षकमा छुट्याएको छ ।

९ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ७३ करोड १९ लाख ६० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम करिब ५ प्रतिशत बृद्धि भई रू. १५ करोड ३४ लाख ३७ हजार कायम भएको छ । अघिल्लो वर्षभन्दा करिब १८ प्रतिशत बढी रू. ३ अर्ब ७ करोड ४६ लाख ९७ हजार कर्जा सापटी लिएको कम्पनीले २२ दशमलव ३४ प्रतिशत बढी रू. ३ अर्ब ४९ करोड ४४ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । 

कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव २९ प्रतिशत रहेकोमा गत वर्ष शून्य दशमलव ९९ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ९६ रहेको छ ।

सिभिल लघुवित्त
सिभिल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ६ करोड ५४ लाख ७१ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको यो नाफा ४७४ दशमलव ५६ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. १ करोड १३ लाख ९५ हजार थियो । 

गत वर्ष खराब कर्जा संकलन बढ्नु र सम्भावित जोखिम शिर्षकमा कम रकम छुट्याएकाले कम्पनीको नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष कम्पनीले रू. ९० लाख ५ हजार खराब कर्जा संकलन गरेको छ भने सम्भावित जोखिम शिर्षकमा ५७ प्रतिशत कम रू. ७५ लाख १७ हजार मात्र छुट्याएको छ । जसका कारण अघिल्लो वर्षभन्दा कम्पनीको सञ्चालन नाफा समेत ४५८ प्रतिशत बढी रू. ९ करोड ४६ लाख ५६ हजार भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २४ करोड २१ लाख २१ हजार रहेको छ । जगेडा कोष रकम पनि ४५८ दशमलव ६५ प्रतिशत बढी रू. १३ करोड ३६ लाख ५६ हजार कायम भएको छ । कम्पनीले ९५ दशमलव ६६ प्रतिशत बढी रू. १ अर्ब ६३ करोड १ लाख ३३ हजार कर्जा सापटी लिएको छ भने ९३ दशमलव ५८ प्रतिशत बढी रू. २ अर्ब ४५ करोड ३९ लाख ६९ हजार कर्जा प्रवाह गरेको छ । 

यस अवधिसम्म कम्पनीले ५४ प्रतिशत बढी रू. ६२ करोड ५ लाख ५३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष २ दशमलव ५६ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष घटेर १ दशमलव ७५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २७ दशमलव शून्य ४ र प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ८५ रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १२ रहेको थियो भने प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ४७ थियो ।

मेरा माइक्रोफाइनान्स
मेरा माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४४ करोड ७२ लाख ३९ हजार रहेको छ । अघिल्लो वर्षभन्दा कम्पनीले १४५ दशमलव ५१ प्रतिशत बढी यो नाफा गरेको हो । कम्पनीले गत वर्ष रू. ११ करोड ५१ लाख ५९ हजार खराब कर्जा उठाउँन सफल भएको छ । सञ्चालन नाफा १०२ दशमलव ५२ प्रतिशत बढी रू. ५९ करोड ५ लाख १८ हजार भएको कम्पनीले सम्भावित जोखिम शिर्षकमा अघिल्लो वर्षभन्दा ७९७ दशमलव ४९ प्रतिशत बढी रू. १७ करोड ५५ लाख ५० हजार छुट्याएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ६३ करोड १२ लाख १० हजार रहेको छ । अघिल्लो वर्षभन्दा कम्पनीको चुक्तपूँजीमा कुनै बृद्धि देखिएको छैन भने जगेडा कोष रकम २०१ दशमलव ९७ प्रतिशत बढी कायम भएको हो ।

कम्पनीले गत वर्ष १५४ दशमलव ९४ प्रतिशत बढी रू. १० अर्ब ५ करोड ६७ लाख ३३ हजार कर्जा सापटी लिएको छ भने १३६ दशमलव ४० प्रतिशत बढी रू. १३ अर्ब ६४ करोड ५९ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीले ५२ दशमलव ३५ प्रतिशत बढी रू. २ अर्ब ४१ करोड ६२ लाख ९० हजार निक्षेप संकलन गरेको छ । 

कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो वर्ष ३ दशमलव ६५ प्रतिशत रहेकोमा गत वर्ष बढेर ३ दशमलव ७८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष रू. १८ दशमलव २२ रहेको प्रतिशेयर आम्दानी गत वर्ष रू. ४४ दशमलव ७२ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि अघिल्लो वर्ष रू. १४१ दशमलव ३२ रहेकोमा गत वर्ष रू. १६३ दशमलव १२ पुगेको छ ।

अरुण काबेली पावर 
सोमवार अरुण काबेल पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ७३ दशमलव ५५ प्रतिशतले बृद्धि भएको छ ।  

अघिल्लो वर्ष रू. ४० करोड ७२ लाख ३ हजार बराबरको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. ७० करोड ६७ लाख ६ हजार बराबरको विद्युत विक्री गरेको हो । विद्युत विक्री आम्दानी बढेको कम्पनीको कुल आम्दानी भने ६९ दशमलव १० प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ४३ करोड १ लाख २४ हजार कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७२ करोड ७३ लाख २८ हजार यो आम्दानी गरेको हो ।

अघिल्लो वर्षभन्दा ६५ प्रतिशत बढी सञ्चालन नाफा गरेको कम्पनीको खुद नाफा १६८ दशमलव ३८ प्रतिशत बृद्धि भएको छ । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. ६७ करोड ४२ लाख ८ हजार सञ्चालन नाफा गर्दा रू. २८ करोड ९७ लाख ९१ हजार खुद नाफा गर्न सफल भएको हो । 

अघिल्लो वर्ष यसै अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा रू. ४० करोड ८४ लाख ७५ हजार र खुद नाफा रू. १० करोड ७९ लाख ७७ हजार थियो । ५ दशमलव ७१ प्रतिशतले चुक्तापूँजी बढाएर रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम भने २१६ प्रतिशत बृद्धि भई रू. २९ करोड २२ लाख ५८ हजार कायम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ४३ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस