aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

थप २५६८ जनामा कोरोना संक्रमण, २०२० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ साउन २०७८
Citizen life
थप २५६८ जनामा कोरोना संक्रमण, २०२० जना निको भए
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा २५६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९८१ जना र एन्टिजन परिक्षण गर्दा ५८७ जना गरि जम्मा २५६८ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा २०२० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ रहेको छ ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० जना रहेको छ । संक्रमित मध्ये ६ लाख ५६ हजार १९७ जना निको भएर घर फर्किसकेका छन् ।   
 

प्रतिक्रिया दिनुहोस