aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तिन कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
Citizen life
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तिन कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । साउन ३ गतेदेखि लिलामीमा आएको एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन रहेको छ । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोष, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुनः लिलामा आएको हो । 

यस पटक नागरिक लगानीकोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । 

नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार २२१ , आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४८१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५४१ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी कम्पनीहरुको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस