aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

भारतमा ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ साउन २०७८
Citizen life
भारतमा ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त
Global IME
LBEF
yamaha_MAW

भारत । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५÷४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन । 

सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ ।   

कुल सङ्क्रमित मध्ये ९७.३८ प्रतिशत सङ्क्रमितहरु अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ खोप प्रयोग भएको छ । एएनआई 

प्रतिक्रिया दिनुहोस