aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

असार मसान्तसम्म सिटिजन्स म्युचुअल फण्ड–२ को नाफा करिब ३४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ साउन २०७८
Citizen life
nabil bank
असार मसान्तसम्म सिटिजन्स म्युचुअल फण्ड–२ को नाफा करिब ३४ करोड
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्डले असार मसान्तसम्म ३३ करोड ८५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको छ । फण्डले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार जेठ महिनाको तुलनामा नाफामा कमि आएको हो ।  

जेठ महिनामा कोषले ३४ करोड २५ लाख ३० हजार रुपैयाँ नाफा गरेको थियो । असार महिनामा कोषको आम्दानी कम र खर्च बढी भएकाले नाफा घटेको हो । जेठ मसान्तसम्म ३५ करोड ३८ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको कोषले असार महिनामा ३५ करोड २० लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको हो । 

त्यस्तै जेठ महिनासम्ममा १ करोड १२ लाख ९२ हजार रुपैयाँ खर्च गरेको कोषले असार महिनासम्म १ करोड ३५ लाख ११ हजार रुपैयाँ खर्च गरको छ । सात वर्षे अवधिको यस फण्डले ५ करोड ६० लाख इकाई विक्री गरेको थियो । असार मसान्तसम्म प्रतिइकाई खुद सम्पत्ति मूल्य १६ दशमलव १८ रुपैयाँ रहेको छ । जेठ महिनासम्म यो मूल्य १६ दशमलव २६ रुपैयाँ रहेको थियो ।

धितोपत्रमा लगानी गरी नाफा कमाउने प्रमुख उदेश्य सहित सञ्चालित यस कोषले असारमसान्तसम्म धितोपत्र दलाल कमिसन सहित धितोपत्रमा  ६३ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको लगानी गरेको छ । कोषले गरेको लगानीको बजार मूल्य भने ७० करोड २ लाख ६४ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म कोषको बैंक मौज्दात २२ करोड २४ लाख ८५ हजार रुपैयाँ छ ।  
 

प्रतिक्रिया दिनुहोस