aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

थपिए ३८४० जना नयाँ कारोना संक्रमित, ३३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
Citizen life
थपिए ३८४० जना नयाँ कारोना संक्रमित, ३३ जनाको मृत्यु
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा ३८४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६३४ जना र एन्टिजन परिक्षण गर्दा १२०६ जना गरि जम्मा ३८४० जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार पनि नेपालमा ३८९९ जना नयाँ संक्रमित थपिएका थिए ।        

आज थपिएका संक्रमितमध्ये भक्तपुरका ९४ जना, ललितपुरका २०६ जना र काठमाडौंका ५५९ जना रहेका छन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १९९३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७१ रहेको छ । हाल संक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।     

कोरोना संक्रमणदर २४.२ प्रतिशत रहेको छ । यसरी हेर्दा कोरोना भाइरसको संक्रमण हुनेको संख्या बढ्दो रहेको मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस