aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

अमेरिकी राजदूतद्वारा थप खोप सहयोग गर्ने प्रतिवद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
Citizen life
अमेरिकी राजदूतद्वारा थप खोप सहयोग गर्ने प्रतिवद्धता
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले शिष्टाचार भेटवार्ता भएको छ । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको अमेरिकी राजदूत ¥यान्डी बेरीले बताएका छन । मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद दिएका छन । 

उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पु¥याउने उल्लेख गरे । 

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।  रासस  

प्रतिक्रिया दिनुहोस