aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

लक्ष्मी क्यापिटल अन्तर्गतका दुबै योजनाको बढ्यो नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ साउन २०७८
Citizen life
nabil bank
लक्ष्मी क्यापिटल अन्तर्गतका दुबै योजनाको बढ्यो नाफा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । यस वर्ष सबैभन्दा पहिले लाभांश पस्ताव गरेका लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुबै योजनाको सोमवार वित्तीय विवरण अनुसार अघिल्लो महिनाको तुलनामा नाफामा बृद्धि भएको छ । जेठ महिनाको भन्दा असार महिनामा लक्ष्मी उन्नती कोषको नाफा १८ दशमलव २१ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको नाफा १० दशमलव ३९ प्रतिशत बढी भएको हो । 

लक्ष्मी उन्नती कोषले जेठ महिनामा रू. २७ करोड १८ लाख ५७ हजार नाफा गरेकोमा असार महिनामा रू. ३२ करोड १३ लाख ६९ हजार नाफा गरेको छ । यस योजनाले इकाईधनीहरुका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रयोजनका लागि योजनाले साउन १३ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । 

लक्ष्मी उन्नती कोषको असार मसान्तसम्म प्रति इकाई खुद मूल्य पनि बृद्धि भई रू. १४ दशमलव ९२ कायम भएको छ । यो मूल्य जेठ मसान्त्स्म्म रू. १४ दशमलव १७ रहेको थियो । असार मसान्तमा जेठको तुलनामा करिब १९ प्रतिशत बढी रू. ३३ करोड ७५ लाख १४ हजार कुल आम्दानी गरेको यस योजनाले ३६ प्रतिशत बढी रू. १ करोड ६१ लाख ४५ हजार कुल खर्च गरेको छ । जेठ महिनामा योजनाको कुल खर्च रकम रू. १ करोड १८ लाख ५६ हजार थियो ।

यो अवधिसम्म लक्ष्मी उन्नती कोषले धितोपत्र दलाल कमिसन सहित रू. ३७ करोड २२ लाख ८१ हजार बराबरको धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ५२ करोड ९८ लाख २ हजार रहेको छ । जेठ महिनामा यो मूल्य रू. ५८ करोड ६१ लाख ८० हजार थियो । जेठ महिनाको तुलनामा असार महिनामा बजारमूल्य भने घटेको छ ।

त्यस्तै यस वर्षका लागि ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको लक्ष्मी इक्वीटी फण्डले पनि असार महिनासम्ममा रू. ७२ करोड ५७ लाख ४६ हजार नाफा गरेको छ । जेठ महिनामा यो नाफा रू. ६५ करोड ७४ लाख ३३ हजार थियो । जेठ महिनाको भन्दा असार महिनामा योजनाको कुल आम्दानी १० दशमलव ४४ प्रतिशत बढेको छ भने योजनाले करिब १२ प्रतिशत बढी खर्च गरेको छ । रू. ७५ करोड ५० लाख ७ हजार असार महिनामा कुल आम्दानी गरेको योजनाले रू. २ करोड ९२ लाख ६१ हजार कुल खर्च गरेको थियो । जेठ महिनामा योजनाको कुल आम्दानी रू. ६८ करोड ३६ लाख २५ हजार थियो भने रू. २ करोड ६१ लाख ९१ हजार खर्च गरेको थियो । 

लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई मूल्य भने जेठको तुलनामा असार महिनामा घटेको छ । जेठ महिनामा रू. १६ दशमलव १३ रहेको योजनाको प्रति इकाई खुद मूल्य असार महिनामा रू. १५ दशमलव ८१ मा झरेको हो । धितोपत्र दोस्रो बजारमा लगानी गर्ने उदेश्य सहित स्थापित यस योजनाले असार मसान्तसम्म ब्रोकर कमिसन सहित रू. ८१ करोड २२ लाख ८३ हजार बराबरको लगानी गरेकोमा यसको बजार मूल्य रू. १ अर्ब १० करोड ४० लाख १९ हजार रहेको छ । योजनाको लागत भन्दा बजारमूल्य बढी रहेको हो । जेठ महिनाको भन्दा असार महिनामा योजनाको बजार मूल्य करिब १८ प्रतिशतले बृद्धि भएको छ । जेठ महिनामा योजनाको धितोपत्र लगानीको बजार मूल्य रू. ९३ करोड ७५ लाख ५७ हजार थियो ।
 

प्रतिक्रिया दिनुहोस