aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

कुमारी इक्वीटी फण्डले कमायो ७ करोड भन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
Citizen life
nabil bank
कुमारी इक्वीटी फण्डले कमायो ७ करोड भन्दा बढी नाफा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । कुमारी सामुहिक लगानीकोष अन्तर्गृत सञ्चालित कुमारी इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतवार सार्वजनिक भएको उक्त वित्तीय विवरण अनुसार यस अवधिसम्म योजनाले रू.७ करोड १६ लाख ८१ हजार नाफा गरेको छ । जेठ मसान्तसम्मको तुलनामा योजनाको नाफामा भने कमि आएको हो । 

जेठ मसान्तसम्म योजनाले रू. ७ करोड ६२ लाख ४७ हजार नाफा गरेको थियो । यस महिना योजनाको आम्दानी कम र खर्च बढी भएकाले नाफामा असर परेको हो । जेठ महिनामा रू. ९१ लाख २६ हजार खर्च गरेको योजनाले असार महिनामा रू. १ करोड ८ लाख २३ हजार खर्च गरेको छ । त्यस्तै जेठ महिनामा रू. ८ करोड ५३ लाख ७३ हजार आम्दानी गरेको योजनाले असार महिनामा रू. ८ करोड २५ लाख ४ हजार मात्र आम्दानी गरेको छ ।

असार महिनामा योजनाको प्रतिइकाई खुद मूल्य पनि घटेको छ । जेठ महिनासम्म रू. १० दशमलव ७६ रहेको प्रति इकाई खुद मूल्य असार महिनामा रू. १० दशमलव ७२ कायम भएको छ ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले असार मसान्तसम्म धितोपत्र दलाल कमिसन सहित रू. ७३ करोड २ लाख ६८ हजार ९०० बराबरको लगानी गरेको छ । 

असार मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. १५ करोड लगानी गरेको छ भने सूचीकृत शेयर, ऋणपत्र बण्ड र सार्वजनिक निष्कासनमा आएका शेयरमा गरेको लगानीको बजार मूल्य कुल रू. ५९ करोड ३० लाख २९ हजार कायम भएको छ । योजनाले बैंक मुद्दती निक्षेप वाहेकका धितोपत्रमा गरेको लगानीको लगत मूल्य भन्दा बजार मूल्य कम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस