aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छाप्ने प्रक्रिया, खुल्यो आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छाप्ने प्रक्रिया, खुल्यो आवेदन
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइको प्रक्रिया सुरु गरेको छ । जसअन्तर्गत नोटको डिजाइन, छपाइ र आपूर्ति समेत गर्न इच्छुक कम्पनीहरूलाई पूर्व छनौट प्रक्रियामा सहभागी हुन सूचना जारी गरेको हो । 

राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको सूचना अनुसार इच्छुक कम्पनीले अबको ४५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । जसका लागि १५ हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरिएको छ । 

विदेशी संस्थाहरूले आवेदन दिने हो भने अमेरिकी डलर १३०, युरो ११०, पउण्ड स्टर्लिङ १०० तिरेर आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरुले ५ सेप्टेम्बर २०२१ को मध्यानसम्ममा आवेदन दिइसक्नुपर्ने छ भने सोही दिन १ बजे त्यो आवेदन पत्रहरू खोलिने राष्ट्र बैंकले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस