aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

सीएनआइको अध्यक्षमा अग्रवाल चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
सीएनआइको अध्यक्षमा अग्रवाल चयन
LBEF

काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआइ)को अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन ।अग्रवाल परिसंघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । परिसंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । ५० वर्षकै उमेरमा उद्योगी व्यवसायीहरुको संस्था परिसंघको अध्यक्ष भएका अग्रवाल एमए डब्लु ग्रुप अफ कम्पनीजका प्रवन्ध निर्देशक समेत हुन् ।

अग्रवालले सम्हालेका कम्पनीहरु एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायतका दर्जन कम्पनी छन्  । 

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। त्यस मध्येबाट सात जना अध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् । 

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्त बहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
 

प्रतिक्रिया दिनुहोस