aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

बिहीवार म्युचुअल फण्डको इकाई खरिदमा लगानीकर्ताको आकर्षण उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
बिहीवार म्युचुअल फण्डको इकाई खरिदमा लगानीकर्ताको आकर्षण उच्च
LBEF

काठमाडौं । गत आर्थिक वर्षको लाभांश सार्वजनिक गर्ने क्रम सुरु भएसँगै धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डको इकाई खरिदप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । यस वर्ष सबैभन्दा पहिला लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई योजना लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटी फण्डले लाभांश सार्वजनिक गरिसकेका छन् । लक्ष्मी उन्नती कोषले कर समेत २५ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका हुन् । 

लाभांश सार्वजनिक गर्ने क्रम सुरु भएसँगै म्युचुअल फण्डको इकाईप्रति लगानीकर्ताको आकर्षण उच्च भएको हो । बिहीवार म्युचुअल फण्डको समूहगत परिसूचक सर्वाधिक बढेको छ भने सर्वाधिक खरिद माग पनि म्युचुअल फण्डकै इकाईमा देखिएको छ । 

कारोबारको ४५ मिनेटको अवधिमा म्युचुअल फण्डको समूहगत परिसूचक ४ दशमलव ८ प्रतिशतले बढेको हो । यस अवधिसम्म सर्वाधिक खरिद चाप भएका पाँच कम्पनीहरुमा लक्ष्मी इक्वीटी फण्ड, ग्लोबल आइएमई सम्मुन्नत स्किम–१,सिटिजन्स म्युचुअल फण्ड–२, लक्ष्मी उन्नती कोष र नबिल ब्यालेन्सड्स फण्ड –२ रहेका छन् ।

त्यस्तै सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीहरुभित्र पनि म्युचुअल फण्डहरुनै रहेका छन् । कारोबारको पौने एक घण्टाको अवधिसम्म सर्वाधिक शेयरमूल्य लक्ष्मी उन्नतीकोषको १० दशमलव शून्य ४ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ को ९ दशमलव ९७ प्रतिशत, ग्लोबल आइएमई सम्मुन्नत स्किम–१को ७ दशमलव ९२ प्रतिशत, लक्ष्मी इक्वीटी फण्डको ७ दशमलव ४१ प्रतिशत र कुमारी इक्वीटी फण्डको इकाईमूल्य ७ दशमलव ४१ प्रतिशत बढेको छ ।
 

प्रतिक्रिया दिनुहोस