aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
Nabil Bank
प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन
LBEF

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको असार २७ गतेदेखि लिलामीमा आएको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने साउन ८ गते शुक्रवार अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि असार १६ गतेदेखि २५ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर पुनः लिलामीमा ल्याएको हो । यस अघि तोकिएको मूल्यलाई घटाएर यस पटक कम्पनीले यो शेयर लिलामी गर्न लागेको हो ।

यस अघि प्रतिकित्ता रू. ६०० मूल्य तोकिएको यो शेयर कम्पनीले यस पटक प्रतिकित्ता रू. ५५० तोकेर लिलामी खुला गरेको हो । शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

आवेदन दिदाँ न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यस कम्पनीको यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा असार २७ गतेपछि सार्वजनिक हुने लाभांश र हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस