aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

कर्णाली राजमार्गमा अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
Nabil Bank
कर्णाली राजमार्गमा अवरुद्ध
LBEF

कर्णाली । मंगलबार राति परेको  अविरल वर्षाका कारण  कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”

पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै  रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए । 

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र  जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “पहिरो पन्छाउने काम भइरहेको छ ।” उनले भने, “आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।”

त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएको छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए । “उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस