aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

‘युरोकप विथ फोनलोन’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
Nabil Bank
‘युरोकप विथ फोनलोन’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खति
LBEF

काठमाडौं । फोन लोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । असार १ गते देखी २३ गते सम्म चलेको यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् ।  

उनले सामसङ्ग को ५५–इन्च स्मार्ट टिभी जितेका छन् । यसमा फोनलोन सन्जालका ५ बैंक–लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी भएका थिए । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । 

विजेता छनौट भने फोनलोनको ’विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।

प्रतिक्रिया दिनुहोस