aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
Nabil Bank
नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत
LBEF

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते नेप्सेमा सुचिकृत गराएको हो । 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्न लागेकाले दोस्रो बजारमा कम्पनीको शेयर कारोबार भने रोक्का रहेको छ । प्राप्ती प्रकृया पुरा भएपश्चात मात्र कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट १४ प्रतिशत बोनस शेयर पारित गरेको थियो । साधारण सभाबाट पारित भएको १५ दिनभित्रै कम्पनीले बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस