aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

चौधरी समूहले पैसा नतिरे ११ बैंकको लगानी जोखिममा पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
Nabil Bank
चौधरी समूहले पैसा नतिरे ११ बैंकको लगानी जोखिममा पर्ने
LBEF

काठमाडौं । चौधरी समूह र तिमिल्सिना समूह बिच सम्राट सिमेन्टका सम्बन्धमा जारी विवाद अझै सुल्झिएको छैन । उत्कर्षमा पुगेको लगानी सम्बन्धी विवाद टुङ्गिएको भन्ने हल्ला बजारमा चलाए पनि सो सत्य नभएको तिम्लिसिना समूहले जनाएको छ । 

सम्राट सिमेन्टका लगानीकर्ताहरू तिमिल्सिना समूह, रुंगटा समूह र चौधरी समूहबिचको विवाद सुल्झिएको भन्ने खबरहरू अघिल्लो हप्ता सार्वजनिक भएका थिए। सोबारे जिज्ञासा राख्दा तिमिल्सिना समूहका एक सञ्चालकले बाहिर मिलेको भन्दै हल्ला गरिए पनि बताइए पनि भित्री रूपमा अझै नमिलेको बताए । चौधरी समूहसँग संवाद जारी रहेकोले अहिले नै आफ्नो नाम भने उद्धृत नगर्न उनले आग्रह गरे ।

तर, उनीहरूले समस्या समाधान भएको र पिर्नुपरेन रकम तिरी सकेको दाबी गरेका समाचारहरू आइरहेका छन् त भन्ने प्रश्नमा उनको जवाफ छ–“अब ठुलाले जे भन्दा पनि भो नि। पैसा तिर्छौँ भनेर बैंकलाई उनीहरूले चिठ्ठी लेखेकोसम्म सत्य हो ।  त्यही भएर रोक्का खाता फुकुवा समेत गरियो। तर, रकम नै जम्मा भएको भने होइन ।’’

सो कम्पनीको मालिक नबन्दै कम्पनीको नाफाको हिस्सा भने चौधरी ग्रपलाई दिन बाध्य पारिएपछि सम्राट सिमेन्टका तिमिल्सिना समूहले बैंक खाता नै रोक्का समेत गराएका थिए। । करिब साढे तीन अर्ब रुपैयाँ लगानी भएको सम्राट सिमेन्ट उद्योगका संस्थापक र नयाँ लगानीकर्ता (चौधरी ग्रुप)बिच लगानीको विषयलाई लिएर विवाद बढेको थियो । यो उद्योगमा ११ वटा बैंकको लगानी रहेकोमा त्यसको नेतृत्व गरेको हिमालयन बैङ्कले बारम्बार पत्र लेखेपछि चौधरी ग्रुपले रकम जम्मा गर्ने बचन दिए पनि त्यसैको आधारमा बजारमा विवाद मिलेको हल्ला चलाइएको उनले आरोप लगाए ।  

असार १६ गते बैंकमा रकम नै बुझाएको भनी प्रचार गरिएकोमा ती सञ्चालकले आर्थिक न्युज डटकमसँग दुखेसो पोखे। उनले अगाडी थपे, “अब तिर्छु भन्नु र तिर्नु एकै हो भने मेरो भन्नु केही छैन । तर, हामीले पाउनु पर्ने रकम आजका मितिसम्म पाएका छैनौ।“ चौधरी समूह तिर्न नतिर्ने भनेको छैन । तर विगत एक वर्षदेखिको व्यवहारले भने तर उनीहरूले बेइमान गर्न खोजेको आफूहरूको बुझाई रहेको उनले जानकारी दिए । 

उनले भने, ‘दुई वटा बैंकको दबाबमा चौधरी समूहले रकम जम्मा गर्ने बचन दिएको छ तर, एक वर्षसम्म रकम नतिरेको समूहले बैंकको सामान्य पत्रले नै सबै रकम बुझाउला भन्नेमा अझै विश्वास गर्ने आधार भने छैन ।’

असार १६ गते हिमालयन र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चौधरी समूहलाई पत्र लेखेपछि रकम जम्मा गर्ने बचन पाएको बैंकका कर्मचारीले बताएका छन् । बैङ्कले ठुलो ऋणी र ठुलो औद्योगिक घराना भएकाले धेरै ताकेता गर्न पनि मिलेन रकम जम्मा गर्ने बचन पाएकाले थप दबाब दिन नमिल्ने दुवै बैङ्कका  कर्मचारी बताउँछन् ।

कम्पनीका अध्यक्ष मुकुन्द तिम्लिसिनाका अनुसार हिमालयन बैंकको अगुवाइमा नेपाल क्रेडिट एण्ड कमर्स बैक,मेगा बैं, सिटिजन बैंक लगायत ११ वटा बैंकको लगानी रहेको छ । अब चौधरी समूहले बैंकको ऋण तिरेन भने सर्वसाधारणको पैसा डुब्ने अध्यक्ष तिम्लिसिना बताउँछन् । उनले भने, ‘११ वटा बाणिज्य बैंकहरुको लगानी रहेको छ अब चौधरी समूहले रकम नतिरे ती बैकमा रहेका सार्वसाधारणको रकम जोखिममा पर्ने हो ।’ ११ वटा बैंक तथा वित्तीय संस्थाको करिब ८ अर्ब रुपैयाँ लगानी रहेको अध्यक्ष तिम्लिसिना बताउँछन् । 

सम्राट सिमेन्टका लगानीकर्ता तिमल्सिना समूह, चौधरी ग्रुप र अनिल रिङ्गटाबीच २०७७ चैत ३ गते सम्राट सिमेन्टको शेयर खरिद÷बिक्री गर्ने सम्झौता भएको थियो । चौधरी ग्रुपले सम्राट सिमेन्टको ३० प्रतिशत र अनिल रिङ्गटाले ४.२५ प्रतिशत गरी ३४.२५ प्रतिशत शेयर खरिद गर्ने सम्झौता भएको थियो । २०७८ वैशाख २० गते भित्र शेयर बापतको पैसा तिर्ने गरी सम्झौता भएको थियो ।

भुक्तानी गर्ने मिति सकिएको झन्डै ६० दिन बढी हुँदा पनि शेयर बिक्री गरे बापतको भुक्तानी नपाएपछि सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द तिमिल्सिना लगायत उनको समूहले सम्राट सिमेन्टको खाता र कारोबार रोक्का राख्नलाई बैकहरूलाई पत्र लेखेका थिए ।

चौधरी ग्रुपले कम्पनीको शेयर हस्तान्तरण भइसक्दा पनि रकम भने जम्मा नगरेपछि तिमिल्सिना समूहले चौधरी ग्रुपबाट प्रतिनिधित्व गर्ने दुई सदस्यलाई सञ्चालक समितिबाट हटाएर पूर्व सञ्चालक समितिलाई मान्यता दिएका थिए । तिमिल्सिना समूहको ३० प्रतिशत सेयर चौधरी समूह र ४ दशमलव २५ प्रतिशत अनिल रुंगटाले किनेका थिए ।

मुकुन्द तिमिल्सिनाले नै सम्राट सिमेन्ट स्थापना गरेका थिए । उनले क्षमता विस्तारको क्रममा रुंगटालाई भित्र्याएका थिए। तिमिल्सिना यस अघि अम्बे समूहको सिमेन्ट उद्योगमा पनि साझेदार थिए ।

प्रतिक्रिया दिनुहोस