aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

सगरमाथा इन्स्योरेन्सको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
Nabil Bank
सगरमाथा इन्स्योरेन्सको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा
LBEF

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ५१२ कित्ता संस्थापक शेयर साउन ६ गते बुधवारदेखि लिलामीमा विक्री खुला भएको छ । सनराईज बैंक लिमिटेडको नाममा रहेको उक्त शेयर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो । 

कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता रू. ७५६ दशमलव ५५ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी संस्थापक शेयरधनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त अवधिभित्र निवेदन प्राप्त नभएमा त्यसपश्चात भने वर्तमान संस्थापक शेयरधनीभन्दा वाहिरका व्यक्तिहरुमा शेयर विक्री गर्ने जानकारी कम्पनीले गराएको छ । शेयर खरिदका लागि कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस