aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

निक्षेप तथा कर्जा सुरक्षण कोषले २ अर्ब ८९ करोड नाफा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
Citizen life
nabil bank
निक्षेप तथा कर्जा सुरक्षण कोषले २ अर्ब ८९ करोड नाफा गर्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आर्थिक वर्ष २०७७÷७८ मा कुल आम्दानीमा उलेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६० लाख रुपैयाँ नाफा गरेको हो ।

 कोषले गत आर्थिक वर्षमा ३ करोड १ लाख जनाको ८ खर्ब ११ अर्ब ६१ करोड ६६ लाख बराबरको निक्षेप तथा कर्जाको सुरक्षण गरेको छ । गत वर्षभन्दा १ खर्ब ४८ करोड ७६ लाख रुपैयाँले निक्षेप तथा कर्जा सुरक्षण बढाएको हो ।

त्यस्तै, ९ हजार पशुको बीमाबाट ४० करोड १८ लाख बीमा शुल्क समेत आर्जन गरेको कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले बताए । उनले भने, ‘गत वर्ष कोरोना महामारीका कारण धेरै बीमा कम्पनीहरुमा पुग्न नसकेका कारण पुशबीमा गराउन सकिएन तर, चालू आर्थिक वर्षमा यो पनि वृद्धि हुन्छ ।’
 

प्रतिक्रिया दिनुहोस