aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

चिनियाँ निजी कम्पनीलाई दिएको  ऋण ५.९ ट्रिलियन अमेरिकी डलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
Sunrise bank
चिनियाँ निजी कम्पनीलाई दिएको  ऋण ५.९ ट्रिलियन अमेरिकी डलर
NIBL-Capital-inside
LBEF

बेइजिङ ।   चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले जनाएको छ ।     
     
चीनको बैंकिङ तथा विमा नियमक आयोग (सीबीआईआरसी) का अधिकारी याङ लिपिङले भने, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१.४८ प्रतिशत देखिएको छ ।”     
     
अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय (खासगरी साना व्यवसाय), जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ, को ऋण वृद्धिदर पछिल्ला बर्षहरूमा बढेको छ यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ ।     
     
चीनले सन् २०१९ को पहिलो पाँच महिनाका लागि निजी कम्पनीबाट लिने ब्याजदर ५.९८ प्रतिशत रहेको थियो । यो सन् २०१८ को ब्याजदर भन्दा ०.९२ प्रतिशतले कमी हो । यस बर्ष साना तथा अतिसाना व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको दर ६.८९ प्रतिशत कायम रहेको र यो अघिल्लो बर्षको तुुलनामा ०.५ प्रतिशत अङ्कले कमी हो ।     
     
चीनले साना तथा मझौला व्यवसायको गुणात्मक प्रगतिका लागि प्रभावकारी वित्तीय सेवाहरूलाई सञ्चालन गरिरहेको केही समय पहिले सरकारद्वारा जारी गरेको ह्वाइट पेपरमा जारी चीनको वित्तीय नीतिमा उल्लेख गरिएको थियो ।  रासस/सिन्ह्वा   

प्रतिक्रिया दिनुहोस