aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

बीमा कम्पनीहरुले संकलन गरे एक खर्ब ५१ अर्ब बीमाशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
Nabil Bank
बीमा कम्पनीहरुले संकलन गरे एक खर्ब ५१ अर्ब बीमाशुल्क
LBEF

काठमाडौं । बीमा कम्पनीहरुको बीमाशुल्क बृद्धि भएको छ ।  बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीको २८.७१ प्रतिशत र निर्जीवन बीमा कम्पनीको १५.३५ प्रतिशतले बीमाशुल्कमा बृद्धि भएको हो ।  

चालू आर्थिक वर्षको पहिलो दिन शुक्रवार सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गर्दा प्राप्त भएको तथ्याङक्बाट गत आर्थिक वर्षमा कूल बीमाशुल्क वृद्धि भएको समितिले जनाएको छ । 

समितका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूवाट कूल १ खर्व २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूबाट कूल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कूल जम्मा १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क संकलन भएको हो । 

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फको कूल बीमा शुल्कमा २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको हो । 

त्यसैगरि, गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९६४ वटा बीमालेखको जम्मा २ अर्व २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको बीमा समितिले जनाएको छ ।  

यसैगरि, गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बटा बीमालेखहरू व्यतित सरेण्डर भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस