aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

देउवा सरकारका तीन प्राथमिकता खोप, खोप र खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
Citizen life
देउवा सरकारका तीन प्राथमिकता खोप, खोप र खोप
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाली काग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सरकाका तीन वटा प्राथमिकता रहेको बताएका छन् । आइतबार संसदमा सासदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सरकारका तीन वटा प्राथमिकतामा खोप खोप र खोप रहेको बताएका हुन । 

ससदमा विभिन्न दलका सासदहरुले विकास, बन्दी छुटाउने र बाढी लगायतका विषयमा सरकारले काम नगरेको आरोप लगाएपछि प्रधानमन्त्री देउवाले सरकार सबै प्राथमिकता छोडेर खोप ल्याउने र सबै जनतालाई खोप लगाउने अभियानमा लागेको बताए । 

प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् ।प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस