aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

राजधानीका सडकको फोहोर अझै केही दिन नउठ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
Nabil Bank
राजधानीका सडकको फोहोर अझै केही दिन नउठ्ने
LBEF

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौंको फोहोर संकलन र व्यवस्थापनको कार्य प्रभावित भएको छ । फोहोर नउठेपछि स्थानीयले घरबाट निकालेको फोहोर सडकमै कुहिन थालेको हो ।   

संकलित फोहोरसमेत काठमाडौंबाट ढुवानी गरेर सिसडोल ल्याण्डफिल साइटसम्म पु¥याउन समस्या भएको छ । फोहोर बोकेका गाडी हिलाम्मे सडकमा दर्जनौँ ठाउँमा फस्ने गरेका कारण फोहोर नउठाएको काठमाडौं महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।   

श्रेष्ठ भन्छन्, ‘बन्चरे डाँडा सरकारले फोहोर व्यवस्थापन गर्न दिने भनेको समयमा दिएन् । नदिए पछि हामीले कुनै अर्को व्यवस्था पनि गरेका थिएनौ र सिसडोल भरियो । सिसडोलमा फोहोरको थुप्रो ठुलो भएर माथिसम्म फोहोरको गाडी लान सकिएको छैन, कसरी फोहर उठाउन ?’ उनले थपे, ‘फोहर उठाएर मात्र के गर्ने फ्याँक्ने ठाउँ नभएपछि यो समस्या आएको हो ।’

वर्षातका कारण उत्पन्न समस्याका बिच फोहोर व्यवस्थापनको काम भने निरन्तर भइरहेको उनले बताए । ‘वर्षा र बाढीले काठमाडौंबाट निस्किन समस्या हुन थालेको छ, लोड भएका गाडीलाई माथिसम्म पु¥याउन पनि समस्या छ ।’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्न अहिले सिसडोल ल्याण्डफिल साइटको फोहोर भ्याली टु मा सारी रहेका छौँ, जुन काठमाडौं नगरभित्रको फोहोर राख्न ठाउँ बनाइ रहेका छौँ ।’    

उनले सिसडोलको फोहोर भ्याली टु मा सारी सके लगत्तै फोहर लैजान सकिने बताए । एक हप्तादेखि सडकमा फोहर थुप्रिँदै जाँदा एकातिर दुर्गन्ध फैलिन थालेको छ भने अर्कोतिर सवारी तथा पैदल आवतजावतमा समेत समस्या हुन् थालेको छ । जसले सर्वसाधारणले सास्ती खेप्नु परेको हो । 

हाल सिसडोल ल्याण्डफिल साइटमा ८० मिटरको थुप्रो माथि फोहर लगेर फाल्नुपर्ने अवस्था रहेको छ । त्यसलाई हटाउन थालेका छौँ । निरन्तरको वर्षाले हिलो हुँदा फोहरमाथिको बाटो हुँदै ट्रकहरू जान सकेका छैनन् । १३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भइरहेको थियो । दैनिक १ हजार १०० मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ८०० मेट्रिक टन फोहर विसर्जन भइरहेको छ । 

बन्चरे डाँडा हस्तान्तरण नहुँदा समस्या

निर्माणको अन्तिम चरणमा रहेको बन्चरे ल्याण्डलफिल साइट छिटै मन्त्रालयबाट हस्तान्तरण भए फोहर फाल्न सहज हुने प्रमुख श्रेष्ठको भनाई छ । काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भइरहेको छ । तत्काल बन्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको उनी बताउँछन् । सरकारको महत्वपूर्ण आयोजनाको रूपमा रहेको सो ल्याण्डफिल साइटमा करिब धेरै वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।   

सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो । अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिछ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुई वटा भवन निर्माण सम्पन्न भइसकेको जनाइएका छ । अब फोहोर विसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने होम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी रहेको छ । हालसम्म ल्याण्डफिल्ड निर्माणका क्रममा करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ । 

हाल फोहोरको अवस्था 

दैनिक नेपालमा फोहोर उत्पादन: १५०० टन

उपत्यका मात्र उत्पादन: ८०० टन

उपत्यकामा निजीले उठाउने फोहोर: ७५ प्रतिशत

संकलन भएको फोहोर: २० प्रतिशत छानिन्छ

फोहोर कम्पोस्ट गर्ने: २ प्रतिशत

फोहोर व्यवस्थापन गर्ने संघसंस्था: ७० वटा

काठमाडौंमा मात्र फोहोर व्यवस्थापन गर्ने संघसंस्था: ४५ वटा

फोहोरबाट निजी क्षेत्रले मात्र कर: ७ करोड रुपैयाँ बुझायो  

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस