aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा सर्लाहीको बरहथवा नगरपालिकामा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
Citizen life
nabil bank
प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा सर्लाहीको बरहथवा नगरपालिकामा सञ्चालन
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजि रहेको यस वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ । 

यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईलले स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । 

फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप पाँच वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस