aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

किन लाउनु हुँदैन फरक फरक कम्पनीका खोप ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
Citizen life
किन लाउनु हुँदैन फरक फरक कम्पनीका खोप ?
Global IME
LBEF
yamaha_MAW

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले केहिदिन अगाडी विभिन्न  कम्पनीले उत्पादन गरेको कोभिड-१९ खोपका अलग अलग डोजहरू नलगाउन सार्वजनिक सल्लाह दिइन्। 

गएको सोमबार एक अनलाइन ब्रीफिंगमा कतिपय मानिसहरूले यस्तो गरिरहेकोमा "यो खतरनाक प्रवृत्ति" भएको बताउँदै नागरिकहरूले दोस्रो र तेस्रो र चौथो खुराक कहिले लिने निर्णय गर्न थालेमा राष्ट्रहरूमा अराजक पूर्ण स्थिति हुने चिन्ता व्यक्त गरिन्। 

उनले विभिन्न खोपहरूको मिलानबारे निर्णय गर्न अध्ययनबाट आउने डाटा पर्खिरहेको र  इम्युनोजेनिसिटी र सुरक्षा दुवै मूल्याङ्कन  गर्न आवश्यक रहेकोमा जोड दिइन्। तर, भेटे जति खोप लगाएर आफू सुरक्षित बन्ने आम मानिसको मनोकाङ्क्षा भने बदलिएको छैन। 

के अलग अलग खोपहरू लाउनु खतरनाक हो?

के हामी खोपहरू मिसाउन सक्छौँ? यो प्रश्न अब महत्त्वपूर्ण छ किनकि कोभिड १९ विरुद्ध विश्वव्यापी  खोप अभियानहरू चलिरहेका छन्। तर, खोपहरूको उत्पादन र वितरणमा गति आएको छैन। पहिलो र दोस्रो खुराकका बिचको अवधिमा सोही खोपको आपूर्ति नहुँदा दुई फरक खोपहरू लगाए पनि सङ्क्रमण दरलाई कम गर्न सकिन्छ भन्ने आम बुझाई छ। 

तर, दुई-खोप रणनीति जोखिमले भरिएको छ किनकि एचआइभी (एड्सको कारण हुने भाइरस) र इबोलासँग जुध्न प्रयोग गरिए झैँ यसमा फरक फरक खोपहरू लगाउनु हुँदैन किनकि यो तुलनात्मक रूपमा नयाँ भाइरस हो। फरक खोपहरू प्रयोग गर्ने विषयमा केही अध्ययन गरिएको छ, तर प्राप्त तथ्याङ्कले यो  रणनीतिलाई समर्थन गरेको छैन। 

विश्व स्वास्थ्य सङ्गठनले पहिलो र दोस्रो खुराकका रूपमा विभिन्न  खोपहरू प्रयोग नगर्न चेतावनी दिएको छ। यसको विपरीत युरोप र अन्य ठाउँका धेरै देशहरूले दुई फरक प्लेटफर्मबाट खोपहरू मिलाउने कुरा अनुमोदन गरेका छन्। तर विज्ञहरू भन्छन् कि दुई खोप रणनीतिको सुरक्षा सुनिश्चित गर्न अझ बढी अध्ययन आवश्यक छ।

किन खोपहरू मिसाइन्छ ?

विभिन्न प्लेटफर्मको डोज समावेश गर्ने बहु-खोप रणनीतिलाई हेटेरोलोगस प्राइम-बुसर्ट खोप भनिन्छ। दुई खोपहरूले प्रतिरक्षा प्रणालीलाई विभिन्न तरीकाले बढवा दिने भएकोले धेरै खोपहरूले व्यापक कभरेज प्रदान गर्ने अपेक्षा गरिन्छ।

इनोभेटिभ मेडिसिन इनिसिएटिभ (आईएमआई) का कार्यकारी निर्देशक डा. पियरे मेउलिएनका अनुसार एचआइभी सङ्क्रमणबाट सम्भावित सुरक्षाको लागि आवश्यक पर्ने जटिल प्रतिरक्षा प्रणालीलाई शास्त्रीय खोपले लिन नसक्ने गरी एचआइभी अनुसन्धानकर्ताहरूले १९९० को दशकमा हेटेरोलोगस प्राइम बोस्टको शुरुवात गरेका थिए। यो काम युरोपेली युनियन र युरोपीय फार्मास्यूटिकल उद्योगको साझेदारीमा गरिएको थियो ।

पहिलो क्लिनिकल हेटेरोलोगस भ्याक्सिन मे २०२० मा स्वीकृत भएको इबोला खोप थियो, जबकि स्पुतनिक वी कोभिड भ्याक्सिन पनि यसको लागि उपयुक्त भएको रिपोर्टले भनेको छ ।

“खोप प्लेटफार्महरू मिसाउँदा त्यसले इम्युनोलजीमा पार्ने प्रभावको लामो इतिहास छ किनकि उही खोपको बहु खुराकहरू निकै उत्कृष्ट छ,” कोल राडो अन्स्चुट्ज स्कूल अफ मेडिसिनका इम्युनोलोजिष्ट रास केडल भन्छन्।

कोभिड १९ को लागि खोपहरू मिलाउने नीतिले खोप उत्पादन सहज बनाउन र अड्चनहरू कम गर्दै आपूर्ति सहज गर्न मद्दत गर्दछ। तर, यो केवल एक खोप रणनीतिको रूपमा मात्र उपयोग गर्न सकिन्छ।  त्यो पनि यदि त्यहाँ प्रारम्भिक परीक्षणहरूबाट सकारात्मक नतिजा पुष्टि गर्न थप डाटा प्राप्त भए भने मात्र।

खोप सम्मिश्रणको अध्ययनले के भन्छ?

विभिन्न कोभिड १९ भ्याक्सिनहरू मिक्स गर्ने प्रभावकारितामा  अति कम मात्र अध्ययनहरू भएका छन् र यो चिन्ताको विषय हो। अहिले यो "डेटा-मुक्त क्षेत्र" हो, सौम्या स्वामिनाथनका अनुसार।

कम्तीमा चार अध्ययनहरूले एस्ट्राजेनेका र फाइजर-बायोटेक खोपहरूलाई छुट्टै मात्रामा मिलाउनको सम्भाव्यतामा हेरेका थिए। स्पेनिस अनुसन्धान कोम्बिभ्याकले पाएको नतिजा अनुसार यो संयोजन शरीरबाट एक मजबुत प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्न अत्यधिक प्रभावी थियो। दि नेचर जर्नलमा सो अनुसन्धान रिपोर्ट प्रकाशित छ। सारल्याण्ड युनिभर्सिटी र जर्मनीको उल्मका अन्वेषकहरूले गरेका परीक्षणहरूले पनि यी निष्कर्षहरूलाई समर्थन गरे, यद्यपि उनीहरूको पूर्ण मूल्याङ्कन गरिएको छैन।

तर, अमेरिकी आणविक भाइरोलोजिस्ट तथा इलिनोइस स्थित नर्थवेस्टर्न युनिभर्सिटीका प्रोफेसर रेमन लोरेन्जो रेन्डोन्डोले भएका छन्, "हामीसँग भएका डाटाको  अनुसार उत्तम विकल्प भनेको अझै पनि खोपहरू मिलाउनु हुँदैन।

अक्सफोर्ड विश्वविद्यालयको को-सीओभी अध्ययनको नतिजाले यसरी मिश्रण गर्दा साइड इफेक्टहरूमा सामान्य र मध्यम प्रतिक्रिया देखायो। लान्सेट जर्नलमा प्रकाशित अध्ययन अनुसार सहभागीहरूले चिसो, थकान, टाउको दुख्ने, जोड़को दुखाइ, बिरामी जस्तो महसुस र मांसपेशीको दुखाइ बढेको रिपोर्ट गरे। थकान र टाउको दुखाइ प्राय: बारम्बार भएको थियो जब अलग अलग कम्पनीका दुई खोपहरू उनीहरूमा लगाइयो ।

अक्सफोर्ड युनिभर्सिटीका पेडियाट्रिक्स र भ्यासीनोलजीका सहयोगी प्राध्यापक तथा अध्ययनका प्रमुख अन्वेषक म्याथ्यु स्नैपले भने अनुसार परिणामहरू आशाजनक छन्। तर ,उनीहरूले चेतावनी दिएका छन् कि “टी सेल प्रतिक्रियामा भएको सुधारले मिश्रणको तुलनामा परिणाम ल्याउने गरी समाधान गरेन। "

"यो महत्त्वपूर्ण छ कि हामीले मानिसहरूलाई यी डेटाको बारेमा सूचित गर्नुपर्दछ, विशेष गरी जब यी मिश्रित-खुराक कार्यक्रम धेरै देशहरूमा विचार भइरहेको छ," स्न्यापले भने, "महत्त्वपूर्ण कुरा के भने, त्यहाँ सुरक्षा चिन्ता  कम हुने सङ्केतहरू छैनन्। र, यसले प्रतिरक्षा प्रतिक्रियामा असर पर्ने छ कि छैन भनेर हामीलाई थाहा हुन् सकेको छैन।"

“अहिलेसम्म हामीसँग भएको तथ्याङ्कको आधारमा उत्तम विकल्प भनेको अझै पनि खोपहरू मिलाउनु हुँदैन,” ब्लूमबर्गले अमेरिकाको उत्तर पश्चिमी विश्वविद्यालय, इलिनोइसका आणविक विषाणु विज्ञ रेमन लोरेन्जो रेडन्डोको भनाइ उद्धृत गरेको छ।

खोपहरू मिसाउँदा के हुन्छ?

दुई किसिमका खोपहरू मिलाउँदा रोग प्रतिरोध क्षमतालाई धेरै बल पुग्ने विश्वास छ। एमआरएनए खोपहरू एन्टिबडी प्रतिक्रिया जगाउनेमा उत्कृष्ट छन्। र भेक्टरमा आधारित खोपहरू टी-सेल प्रतिक्रियाहरू उत्प्रेरित गर्न अझ राम्रो हुन्छ। तर खोपहरू मिलाउँदा गम्भीर प्रतिकूल असरहरूको अतिरिक्त जोखिम पनि हुन सक्छभनेर डाक्टरले कडा चेतावनी दिएका छन् ।

के कोभिड खोपहरू मिसाउनु सुरक्षित छ?

“कोभिड खोपहरू मिलाउँदा थप सुरक्षा बढ्ने सम्बन्धमा हालसम्म कुनै ठोस डेटा छैन। यद्यपि मेडिकल पत्रिका लान्सेटमा हालै प्रकाशित गरिएको एउटा सानो अध्ययनले पीडा, ज्वरो र थकान जस्ता सानातिना साइड इफेक्टको तीव्रता र अवधिमा केही हदसम्म वृद्धि देखायो। यसको अर्थ समस्या बढ्ने नै देखियो।भ्याक्सिनहरू मिक्स गर्दा कुनै ठुलो प्रतिकूल घटनाको रिपोर्ट आएको छैन, ”दुबई, एस्टर अस्पतालका डा. इदरीस मुबारिकले भनेको कुरा गल्फ न्युजले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

एउटै खोप लगाउँदा के फाइदा हुन्छ ? 

सरल शब्दहरूमा भन्नुपर्दा हामी भन्न सक्दछौँ कि खोपहरूले गर्ने काम भएको नक्कली भाइरस बनाउने हो। उदाहरण को लागी एमआरएनए खोपले भाइरस हाम्रो शरीरमा प्रवेश नगरे पनि त्योसँग लड्न हाम्रो शरिरलाई भाइरल प्रोटिन बनाउन र पहिचान गर्न हाम्रो प्रतिरक्षा कोशिकालाई टेम्प्लेट प्रदान गर्दछ। प्रतिरक्षा कोषहरूले त्यो प्रोटिन पहिचान जब साँचीकै भाइरस हाम्रो शरीरमा छिर्छ त्यो बेला लड्न तयार भएर बस्छ । त्यसो भएमा उनीहरूले पछि हुने सङ्क्रमणको तीव्रतालाई कम गराउँछन्।

उही खोपका दुई डोज लगाउँदा त्यसले हाम्रो शरीरमा कोरोना भाइरससँग लड्न मजबुत शक्ति निर्माण गरेको हुन्छ। 

प्रतिक्रिया दिनुहोस