aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

आइसिएफसी फाइनान्सले १२ प्रतिशत ब्याजदर भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० असार २०७८
Citizen life
nabil bank
आइसिएफसी फाइनान्सले १२ प्रतिशत ब्याजदर भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले ७ वर्षे अवधिको १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धवार्षिक व्याज भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को अर्ध वार्षिक व्याज भुक्तानीका लागि साउन १ गते एक दिन बुक क्लोज गर्ने भएको हो । 

बुक क्लोजको आधारमा असार ३१ गते बिहीवारसम्म कायम ऋणपत्रधनीहरुले मात्र उक्त व्याज पाउँनेछन् । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यको २ लाख कित्ता ऋणपत्र २०७६ साल फागुनमा जारी गरेको हो । 

अर्धवार्षिक व्याज वापतको रकम कम्पनीले ऋणपत्र धनीहरुको बैंक खातामार्फतनै उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस