aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

ललितपुर फाइनान्सलाई प्राप्तीपछि नेपाल फाइनान्सको एकिकृत कारोबार शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
Citizen life
nabil bank
ललितपुर फाइनान्सलाई प्राप्तीपछि नेपाल फाइनान्सको एकिकृत कारोबार शुरु
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी आइतवारदेखि एकिकृत कारोबार सुरु गरेको छ । दुई कम्पनी एक भई नेपाल फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । 

दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनीहरुलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार सुरु गरेका हुन ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गर्न गत पुस २३ गते प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल फाइनान्सले १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम ललितपुर फाइनान्सलाई प्राप्ती गरेको हो ।

 रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी भएकोे नेपाल फाइनान्सले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ती गरेको हो । यस अघि ललितपुर फाइनान्सलाई प्राइम कमर्सियल बैंकले प्राप्ती गर्ने भएको थियो । प्राइम कमर्सियलसँग उक्त सम्झौता भाडिएपछि नेपाल फाइनान्सले प्राप्ती गरेको हो । प्राप्ती पश्चात बनेको कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस